यस्ता छन् अदुवा–चिया पिउनुका फाइदा

सामान्यतः अदुवा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यसमा पनि चियामा अदुवा झन् विशेष हुने भइहाल्यो । अदुवा हालेको चिया पिउने बानी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ

– अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार राम्रो बनाउँछ । हृदयाघात र मुटुरोगीका लागि पनि अदुवा निकै फाइदाजनक मानिन्छ ।

– अदुवा खाँदा एन्टिअक्सिडेन्टको मात्रा बढ्छ । जसका कारण शरीरमा रोगप्रतिरोधात्मक क्षमतासमेत बढ्छ ।

– दैनिकजसो अदुवा–चिया पिउँदा तनावसमेत कम हुन्छ । यसबाहेक चिया र अदुवाको मिश्रणबाट बन्ने रसायनले शरीरमा ऊर्जासमेत भर्ने काम गर्छ ।

– डाक्टरहरूका अनुसार श्वासप्रश्वासको समस्याका लागि पनि अदुवा–चिया निकै उपयोगी मानिन्छ । साथै, गाडीमा बान्ता हुने समस्या पनि अदुवा खाँदा समाधान हुन्छ ।

– हड्डी तथा बाथरोगका बिरामीले अदुवा–चिया पिउँदा निकै राम्रो मानिन्छ ।

– अदुवाले रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउँछ । शरीरको अनावश्यक तौल कम गर्नसमेत यसले सघाउँछ ।

– अदुवा–चिया पिउँदा पाचन प्रक्रियामा समेत सुधार हुन्छ ।

– अदुवा–चिया नियमित पिउादा महिलाको महिनावारी गडबडीसमेत नियमित हुन्छ ।

प्रकाशित मिति २५ माघ २०७५, शुक्रबार १७:००
Loading...