रहेनन् विश्वका सबैभन्दा वृद्ध व्यक्ति, यस्तो थियो उनको अपत्यारिलो जीवन !

एजेन्सी, माघ २०
विश्वकै सबैभन्दा जेठा तथा वृद्ध व्यक्तिको निधन भएको छ । विश्वकै सबैभन्दा पाका व्यक्ति जापानका ११३ वर्षीय मसाजो नोनाकाको होक्काइडोस्थित आफ्नै घरमा निधन जापानी मिडियाले जनाएका छन् ।

पारिवारिक स्रोतका अनुसार मसाजोको सुतेकै अवस्थामा गत आइतबार बिहान निधन भएको हो । मसाजो ११२ वर्ष २५९ दिनको उमेर छँदा विश्वकै सबैभन्दा पाको उमेरको व्यक्तिका रूपमा गिनिज बुकमा नाम दर्ता भएको थियो ।

मसाजोको जन्म सन् १९०५ को जुलाई २५ मा भएको थियो । बताइएअनुसार अल्बर्ट आइन्स्टाइनले आफ्ना सापेक्षताको सिद्धान्त प्रकाशन गर्नु केहीअघि मसाजोको जन्म भएको थियो ।

मसाजोको हालसालै मात्र निधन भए पनि उनी जीवितै छँदा उनका ७ जना दाजुभाइ तथा दिदी बहिनी, पत्नी तथा ३ जना सन्तानको निधन भइसकेको बताइएको छ ।
यस्ता दुलर्भ वृद्धले उनले आफ्ना पुर्खाले चलाउँदै आएको तातो पानीको कुण्ड भएको होटल चलाउँथे । १०६ वर्ष पुरानो उनले खोलेको एउटा होटल अहिले उनकी नातिनीले चलाइरहेकी छन् ।

मसाजो १ सय १३ वर्षको छँदा दैनिक पत्रिका पढ्थे भने टेलिभिजनमा सुमो तथा नाटकसमेत हेर्थे । उनको दैनिकी अन्य सामान्य मानिसकै जस्तो थियो ।

स्मरण रहोस्, जापान अहिले विश्वमा सबैभन्दा धेरै औसत आयु भएका नागरिकको देश मानिन्छ । सो देशमा जिरोमोन किमुरा मानव इतिहासमै सबैभन्दा बढी बाच्ने मानिसमा पर्छन् । उनको ११६ वर्ष ५४ दिनको उमेरमा निधन भएको थियो ।

उनको निधन सन् २०१३ मै भएको थियो । उनीपछि मसाजोको पनि हालसालै निधन भएको हो ।

प्रकाशित मिति १७ माघ २०७५, बिहीबार १६:१७
Loading...