गर्भ रहेको कसरी थाहा पाउने ?

दैनिक जीवनमा कतिपय जोडी वा महिला शारीरिक सम्पर्कपछि गर्भ रहे–नरहेको थाहा पाउन नसक्दा चिन्तित हुन्छन् । तर, यो थाहा पाउन सजिलै सकिन्छ । यसका लागि उति धेरै समय र खर्च पनि लाग्दैन ।

अक्सर प्राकृतिक तरिकाबाटै यो थाहा पाउन सकिन्छ । तर, मासिक समयभन्दा अगावै गर्भ रहे–नरहेको थाहा पाउन पनि सकिन्छ । यहाँ यसबारे चर्चा गरिएको छ

– गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनु हो । यद्यपि, गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ । यो सबैलाई जानकारी नहुन सक्छ ।

– गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ । त्यो हलुका दुख्ने पनि गर्छ ।

– महिला आफैंले गर्भ रहेको अनुभूत गर्न सक्छन् । यो प्रायः सत्य साबित हुन्छ । किनभने, गर्भ रहँदाका लक्षण स्पष्टै देखिन्छन् ।

– गर्भ रहेको सुरुआती समयमा बान्ता हुने, थकान महसुस गर्नेजस्ता लक्षण् देखिन्छन् ।

– गर्भाधान गरेपछि नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले कतिपय महिलामा बिहानको समयमा ज्वरोसमेत आउने गर्छ ।

– गर्भ रहेको सुरुवाती समयमा करिब ८५ प्रतिशत महिलामा खाना अपच हुने गर्छ । उनीहरूले रुचिसाथ खाना खान सक्दैनन् ।

– गर्भ रहेपछि साबिकको भन्दा बढी पिसाब लाग्छ । अभ यो राति बढी हुन्छ ।

– गर्भावस्थामा रक्तचाप कम हुने भएकाले रिंगटा लाग्छ । गर्भ रहेको पहिलो ३ महिनामा रक्तचाप घट्ने अवस्था पनि आउँछ ।

– गर्भ रहेका बेला हर्मोनमा परिवर्तन हुन्छ । यसका कारण महिलाको स्वभावमै फेरबदलसमेत आउन सक्छ ।

प्रकाशित मिति १७ माघ २०७५, बिहीबार १४:१९
Loading...