को’रोना फैलिएपछि आजदेखि रातको समयमा क’र्फ्यु

एजेन्सी । भारतको मध्यप्रदेशका केही सहरमा आजदेखि रातको समयमा कर्फ्यु लाग्ने भएको छ । को’रोना सङ्क्र’मितको सङ्ख्या बढ्दै गएकाले मध्यप्रदेश सरकारले आजदेखि लागू हुने गरी रातको समयमा केही सहरमा कर्फ्यु लगाउने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम सहरमा आजदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले जानकारी दिनुभयो । अति आवश्यक सेवामा जोडिएका मानिस र फ्याक्ट्रीका मजदुर भने राति पनि हिँड्न पाउनेछन् । अहमदाबाद सरकारले हिजोदेखि लागू हुनेगरी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेशको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार १५:५७
Loading...