काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । मंगलबार ३ हजार ४ सय रुपैयाँले घटेको सुनको मुल्य आज तोलामा १ सय रुपैयाले बढेको हो ।
मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति २६ कार्तिक २०७७, बुधबार ०६:५१
Loading...