ग्यास्टीक भयर हैरान हुनुहुन्छ, भने यी ५ मध्ये कुनै एक उपाय अपनाउनुहोस्

काठमाडौँ । जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ। धेरै मसला हालेको खाना खाएर एसिडिटी हुन्छ । जसका कारण शरीर र पेट भारी हुन्छ। यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने सम’स्याबाट छुटकारा पाउनका लागि यि ५ घरेलु उपाय छन् ।

१) अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ।
२) ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।
३) तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।
४) बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।
५) जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन।

प्रकाशित मिति २६ कार्तिक २०७७, बुधबार ०३:३७
Loading...