कार्तिक २६ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सहयोगले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतिको योग रहेको छ । अध्ययन अध्यापन फलदायी नै रहनेछ । धार्मिक तथा सामाजिक कामको दायित्व थपिन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । धन लाभ होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । पढाइ लेखाइमा रुची बढ्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तको भरण पोषणका निम्ति खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ । प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला । पारिवारिक सम’स्याले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ । सफलता पनि मिल्नेछ । दीर्घकालीन नबनेका काम बन्नेछ । आयआर्जन र विद्यामा बुद्धि हु्नेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसंगीसंग भेटघाट गर्ने अवसर जुट्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा प्रगति हुने देखिन्छ । मान सम्मान पद प्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम सम्बन्धमा विश्वासको मात्रा बढ्नेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा बाधा उत्पन्न होला । नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार १५:३९
Loading...