पछिल्लो २४ घण्टामा थप २७३९ जनामा को’रोना संक्र’मण पुष्टि, संक्रमितको संख्या २ लाख नजिक

२५ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३६ जनामा को’रोना भा’इरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा सं’क्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ ।

हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११४८ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६० हजार ५७७ जना संक्र’मणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५३ जना संक्र’मणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ३५ सं’क्रिय संक्र’मित छन् । उनीहरुमध्ये २९ हजार ७३४ जना होम आइसोलेसनमा छन् भने ४०४ जनाको आईसीयू र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार १४:२६
Loading...