के तपाई शरीरको मोटोपना घटाउन चाहानुहुन्छ ? अपनाउनुहोस् यी ७ सजिला घरेलु उपाय !

काठमाडौँ । आजको समयमा मोटो मानिसको संख्या तेज गतिले बढिरहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा खासै ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् । मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जसको प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन तपाइँ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपाइँलाई आज हामी यस्ता सजिलो उपायबारे जानकारी दिन्छौं । यि उपाय अपनाई तपाइँले आफ्नो तौल घटाउन सक्नुहुनेछ ।
१. धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी, आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले बोसोलाई बढाउँने काम गर्छ ।

२. गहुँको रोटि मात्र खानुभन्दा गहुँ, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।

३ दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म ( शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ) लाई ठिक गर्दछ ।

४.मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।

५. दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।

६. पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।

७. अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।

 

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार १५:४२
Loading...