आज फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । आज बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मुल्य आज पनि तोलामा ९ सय रुपैयाले बढेको हो ।

मंगलबार प्रतितोला ९५ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।त्यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ०६:३०
Loading...