अमेरिकी चुनाव नतिजा यस्तो : ट्रम्पभन्दा अगाडि बढे बाइडन,

एजेन्सि । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएपश्चात प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेका छन् ।

अमेरिकाका ५० मध्ये ८ प्रदेशका ७० इलेक्ट्रोल सिटको नतिजा सार्वजनिक हुँदासम्म राष्ट्रपतिका उम्मेदवार जो बाइडनको पार्टी डेमोक्र्याटका ४४ उम्मेदवारले जितेका छन् भने डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवारले २६ सिटमा जितेका छन् ।

अमेरिकामा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा रहेको छ ।अमेरिकी राष्ट्रपति हुन २७० सिटमा जित्नु आवश्यक हुन्छ । हाल अमेरिकामा मतगणना जारी रहेको छ ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ०६:२०
Loading...