पैसा दोब्बर बनाउने सजिलो तरिका हेर्नुहोस, केही वर्षमै बन्न सकिन्छ करोडपति

जो कोही पनि लगानी गर्नभन्दा पहिले जान्न चाहन्छन कि लगानीको पैसा दुई गुणा वा तीन गुणा कहिलेसम्म होला ? अधिकांश विज्ञ मान्छन्, यदि तौल कम गर्ने लक्ष्य पूरा गर्ने हो भने कम खानुहोस् र धेरे व्यायाम गर्नुहोस् । पैसाको मामलामा पनि यस्तै नियम लागू हुन्छ । खर्च कम गर्ने र धेरै बचत गर्ने बानी बसाल्नुहोस्, तब मात्र तपाईँसँग राम्रो बैंक ब्यालेन्स हुनेछ ।

रिटायर्डमेन्ट वा दोस्रो वित्तीय टार्गेटका लागि तपाईँ जति छिटो सुरु गर्नुहुन्छ, लक्ष्यनजिक आउँदासम्म तपाईँ उति नै धनी बन्नुहुनेछ । यसका लागि केही नियम अपनाउनुपर्ने हुन्छ । रुल ७२ को प्रयोग गरेर तपाईँ पनि जान्नसक्नुहुन्छ कि कसरी ७ वर्षमा तपाईँको पैसा दुईगुणा हुनेछ । आज हामी तपाईँलाई केही यस्ता सहज नियम बताउन गइरहेका छौं, जसको मद्दतले तपाईँ जान्न सक्नुहुन्छ कि तपाईँको लगानी कति वर्षमा दुईगुणा, तीनगुणा वा चारगुणा बढ्न सक्छ ।

मद्धत गर्नेछ चक्रवृद्धि
तपाईँलाई केबल बचत निरन्तरता राख्न आवश्यक छ र बाँकी काम चक्रवृद्धि(कम्पाउण्डिङ)ले समयका साथ गर्नेछ। चक्रवृद्धिको प्रभाव दीर्घकालमा देखिन्छ र यसले लामो अवधिमा तपाईँ धनी बनाउन भरपूर मद्दत गर्नेछ ।

चक्रवृद्धिले कसरी काम गर्छ?
मानौं,तपाईँ १०० रुपैयाँ कतै जम्मा गर्नुहुन्छ र त्यसमा वार्षिक १० प्रतिशत ब्याज पाइन्छ । एक वर्षपछि तपाईँसँग ११० रुपैयाँ हुनेछ ।
अर्को वर्ष चक्रवृद्धिका कारण ११० रुपैयाँमा १० प्रतिशत ब्याज मिल्छ र तपाईँसँग अर्को वर्ष १२१ रुपैयाँ हुनेछ । फेरि अर्को वर्ष १२१ रुपैयाँमा १० प्रतिशत ब्याज पाइनेछ र यो सिलसिला वर्षौँसम्म चलिरहन्छ । समयका साथ तपाईँको पैसा आश्चर्यजनक रुपमा बढ्नेछ।

दुई गुणा कहिले होला पैसा ?
तपाईँको बचतको पैसा दुईगुणा कहिले होला यसको गणनाको एक आम नियम धेरै प्रचलित छ । यो नियम नै रुल ७२ हो । फाइनान्समा यसको अधिक प्रयोग हुन्छ । रुल ७२ का मद्दतले तपाईँ यो जान्न सक्नुुहुुन्छ कि तपाईँको लगानी कति समयमा दुई गुणा हुनेछ । आउनुहोस् यो फर्मूला जानौं ।

यसरी बुझौं
यदि तपाईँ १०० रुपैयाँ लगानी गर्नुहुन्छ, जसमा वार्षिक १० प्रतिशत चक्रवृद्धि ब्याज पाइन्छ भने रुल ७२का अनुसार यो लगानी दुई गुणा हुन ७२/१०: ७.२ वर्ष लाग्नेछ । यदि तपाईँ योभन्दा धेरै राशि(रकम), मानौं एक लाख रुपैयाँ लगानी गर्नुहुन्छ भने लगभग ७ वर्षमा त्यो दुई लाख रुपैयाँ हुनेछ । यसका लागि लगानी निरन्तर र वर्तमान फण्डमा बढोत्तरी गर्न नभुल्नुहोस् । यस्तो कामले तपाईँलाई अधिक लाभ दिनेछ ।

लगानी चाँडै सुरु गर्दा हुने लाभ
पैसाको लगानी यदि लामो समयावधिका लागि गरेको खण्डमा यसको परिणाम धेरै राम्रो हुन्छ । यसका लागि यदि तपाईँ आफ्नो रिटायर्डमेन्टका लागि करोडौं रुपैयाँ बचत गर्न चाहनुहुन्छ भने तब सरुवात चाँडै जतिसक्दो गर्नुहोस् । यदि तपाईँ २५ वर्षको उमेरदेखि मासिक ५ हजार रुपैयाँ लगानी सुरु गर्नुहुन्छ र यसमा वार्षिक १० प्रतिशत रिटर्न मिलेमा ६० वर्षको उमेरमा तपाईँसँग एक करोड रुपैयाँभन्दा अधिक फण्ड हुनेछ ।

के गर्छ ७२ को नियमले ?
७२ को नियमले तपाईँको पैसा कति वर्षमा दुईगुणा हुन्छ भन्ने कुरा थाहा पाउन मद्धत गर्छ । १० प्रतिशत वार्षिक ब्याजदर विकल्प तपाईँको लगानी ७२/१०ः ७.२ वर्षमा दुई गुणा हुनेछ ।

कति वर्षमा तीनगुणा पैसा
तपाइले यो कुरा नियम ११४ का मद्दतबाट जान्न सक्नुहुन्छ कि तपाईँको पैसा कति वर्षमा तीन गुणा हुनसक्नेछ । यसका लागि तपाईँ ११४ मा ब्याजदरले भाग गर्नुुपर्छ । यदि तपाईँ जुुन स्किममा लगानी गर्नुभएको हो त्यसमा ८ प्रतिशत वार्षिक ब्याजदर पाइएको भए ११४ लाई ८ ले भाग गर्नुुपर्छ । ११४/८:१४ वर्ष, अर्थात् यो स्किममा तपार्ईँको पैसा १४ वर्षमा तीन गुणा हुनेछ ।

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार १५:११
Loading...