को’रोनाका बिरामीको उपचार गाँ’जाबाट हुनसक्ने वैज्ञानिकहरुको निष्कर्ष,

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्र’मणबाट ग’म्भीर बनेका बिरामीको लागि गाँजाबाट उपचार हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । अमेरिकास्थित साउथ यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

वैज्ञानिकहरुले यसबारेमा तीनवटा अध्ययन गरेका थिए । तीनै अध्ययनमा गाँजाको माध्यमबाट को’रोनाका ग’म्भीर बिरामीलाई उपचार हुनसक्ने निष्कर्ष निकालिएको छ । यद्यपि यो अन्तिम निष्कर्ष भने होइन । वैज्ञानिकहरुका अनुसार गाँजामा हुने टिएचसी नामक पदार्थले को’रोना संक्र’मितको उपचार हुने सम्भावना छ । उक्त पदार्थले मानिसलाई खत’रनाक इम्युन पावरबाट बचाउँछ ।

डेलिमेलले तयार पारेको समाचारका अनुसार शुरुमा मुसामा यसको प्रयोग गरिएको थियो । शुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो । उक्त मुसा बाँचेको थियो र अन्य मुसा म’रेका थिए । यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरी अन्तिम निष्कर्ष निकाल्ने बताएका छन् । अमेरिकाका धेरै राज्यमा गाँजाको प्रयोग वैधानिक मानिए पनि कैयौ राज्यले प्रति’बन्ध लगाएका छन् । नेपालमा पनि गाँजाको प्रयोगलाई अवैधानिक मानिँदै आएको छ । एजेन्सीहरूको सहयोगमा,

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार १५:३८
Loading...