चिसोले गर्दा हात खुट्टाको जोर्नी, घुँडा दु’ख्ने सम’स्याले हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्

काठमाडौँ । जाडोको समय सुरु भय सङ्गै जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्न सक्छ । कतिपय अवस्थामा त घुँडा दुखाईले सामान्य हिँडडुल गर्न पनि समस्या हुन्छ । त्यसैले यस्तो पी’डाबाट मुक्ति पाउनका लागि घरेलु उपचार विधी अपनाउँदा फाइदा पुग्छ । अर्थात घरायसी विधीबाट यस्तो दुखाईलाई कम गर्न सकिन्छ । यसका लागि यी कुराहरुको प्रयोग गर्नुहोस् ।

१) प्याज,
प्याजले घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।
२) कागती,
कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ ।
३) तोरीको तेल,
तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ ।
४) सिधे नुन,
घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।
५) बेसार,
घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।
६) मेवाको विज,
मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।
७) अदुवा,
अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाईमा रामवाणको काम गर्छ । यसलाई चियाँसग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।
८) गाजर,
गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । यदि घुँडाको दुखाईबाट पिडित हुनुहुन्छ भने बढिभन्दा बढि गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।
९) मेथीको बिज,
घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ ।
नरिवलको तेल
खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाईमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
१०) रातो खुर्सानी,
रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । यसमा मौजूद केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ ।
११) क्याल्सियमयुक्त खाना,
क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमिले गर्दा नै हड्डीको दुखाई उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।
१२) योगा र एक्सरसाइज,
योगा गर्नु धेरै हिसाबले लाभदायक छ । क’ठिन शारिरीक अभ्यासबिनै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योगा गर्नुपर्छ । यसले घुँडाको सम,स्याबाट पनि छुटकारा दिलाउँछ । घुँडाको दुःखाई हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक हुन्छ ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार १४:४२
Loading...