बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम फेरियो।

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन गरिएको छ । डिजिटल रिलिजको तयारीमा रहेको यो फिल्मको नामलाई लिएर वि’रोध शुरु भएपछि नाम नै परिवर्तन गरिएको हो । नोभेम्बर ९ बाट डिज्ने हटस्टार प्लसमार्फत रिलिज हुन लागेको यो फिल्मको नामको विषयमा करणी सेनाले वि’रोध जनाएपछि नाम फेर्ने निर्णय गरिएको हो ।

केही समयअघि फिल्मकर्मी मुकेश खन्नासहित केही कलाकारले फिल्मको नामले धार्मिक भावनामा चो’ट पुर्‍याउने बताएका थिए । बिहीवार फिल्मको नाम परिवर्तन गर्दै सेन्सर पास गरिएको छ । फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार ०९:०६
Loading...