को’रोना संक्र’मितले अस्पतालमा भर्ना हुनुअघि नै २ लाख रुपैयाँ जम्मा नगरे उपचार नहुने,

काठमाडौं। पछिल्लो समय केही अस्पतालहरुको को’रोना संक्र’मितको उपचार शुल्कमा मनपरी बढेको छ। अस्पतालहरूले को’रोना संक्र’मितलाई उपचार गर्नुभन्दा अघि नै रकम जम्मा गर्नुपर्ने सूचना जारी गर्न थालेका छन्। त्यस्तै काभ्रेको धुलिखेल अस्पतालले को’रोना संक्र’मितलाई भर्ना गर्नुअघि दुई लाख रूपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ।

अस्पताल प्रशासनले कात्तिक ३ गते जारी गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्र’मितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न भनेको हो। अस्पतालले सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल बिरामीसँग एक लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रूपैयाँ धरौटी माग गरेको छ।

त्यसमा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच, औषधी र अक्सिजन प्रयोग गरेको खण्डमा थप रकम लाग्ने बताइएको छ। सामान्य लक्षण भएकालाई दिनमा तीन हजार ५००, मध्य जटिल समस्या भएकालाई सात हजार ५०० र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ। उक्त रकमबाटै अस्पतालले खाना खुवाउनेछ।

सरकारले कात्तिक २ गतेदेखि को’रोना संक्र’मतिको निःशुल्क उपचार नगर्ने जनाएको थियो। अहिले सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्दै आएको छ।

प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार ०२:५५
Loading...