दसैंलाई लक्षित गर्दै भोलिदेखि १५ गतेसम्म निषे’धाज्ञा,

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले को’रोना भा’इरस (कोभिड१९ )को संक्र’मणलाई मध्यनजर गरी दसैंलाई लक्षित गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्मका लागि निषे’धाज्ञा जारी गरेको छ ।

मोरङका जिल्ला प्रमुख कोशहरि निरौलाले एक सूचना जारी गर्दै कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको जानकारी दिएका छन ।

चाडपर्वका क्रममा जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषे’धाज्ञा लगाइएको छ ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार १४:५४
Loading...