भोलिबाट अत्यावश्यक बाहेकका सबै सेवा, ब’न्द गर्ने निर्णय !

असोज २९, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवाहरु भोलिबाट कात्तिक ६ गतेसम्म ब’न्द हुने भएको छ । नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बिहीबार बसेको नगरपालिकाको विभागीय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

जनप्रतिनिधि एवम् कर्मचारीहरु कन्ट्राक्रट ट्रेसिङमा रहेको र समुदायमा को’रोना सं’क्रमण फैलिदै गएको पाईएकाले मेलम्ची नगरपालिका र यसअन्तर्गतका वडा कार्र्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु ब’न्द गरिएको नगरपालिका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

यस्तै जनप्रतिनिधि एवम् कर्मचारीहरु सं’क्रमित तथा कन्ट्राक ट्रेसिङमा रहेकाले वडा नम्बर १ र ३ बाट प्रवाह गरिने सबै सेवाहरु बिहीबारदेखि कात्तिक ३ गतेसम्म पूर्ण रुपमा ब’न्द गरिने निर्णय गरिएको पनि अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार १५:४४
Loading...