पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा को’रोना संक्र’मण पुष्टि

असोज २७, काठमान्डौ । पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा को’रोना संक्र’मण पुष्टि भएसँगै स’क्रिय संक्र’मितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यस दिन कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित हालसम्म को’रोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना स’क्रिय संक्र’मित छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ। मंगलबार मात्र थप मृ’तक १८ जनामा को’रोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ११:१३
Loading...