कार्तिक १ बाट सरकारी कार्यालय र काठमाडौं आवत जावत ब’न्द,

काठमाडौं । को’रोना भा’इरसको संक्र’मण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ। दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अ’त्याधिक मात्रामा बढ्ने भएकाले सरकारले पुन: काठमाडौं प्रवेश गर्ने नाकामा कडा’इ गर्न लागेको हो।

यस विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सबैभन्दा धेरै सं’क्रमित रहेको काठमाडौं उपत्यकाको सन्दर्भमा के गर्ने भनेर राय मागेका थिए । मन्त्रीहरुले को’रोना नियन्त्र’णका लागि काठमाडौं आवतजावतमा क’डाइ गर्न सुझाव दिएका छन् ।

मन्त्रीहरुले सुझाव दिए पनि कुनै निर्णय भने नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसबारेमा सीसीएमसीले प्रस्ताव ल्याउनुपर्नेछ । तर सीसीएमसीका तर्फबाट कुनै पनि प्रस्ताव नआएकाले निर्णय नभएको उनको भनाइ छ । देशभर जति स’क्रिय सं’क्रमित छन् त्यसको आधाभन्दा धेरै काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक महिनायता दिनहुँ देशभर भेटिने संक्र’मितको आधाभन्दा बढी काठमाडौंमा भेटिने गरेको छ।

सोमबार ४ हजार ४७ जनामा सं’क्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै २ हजार २ सय ७३ जना संक्र’मित फेला परेका थिए । यसरी तिब्र गतिमा को’रोना फैलिएको उपत्यकाबाट बाहिर जाने ब्यक्तिका कारण गाउँ जोखिममा पर्ने र अन्य ठाउँबाट काठमाडौं आउने ब्यक्तिका कारण थप जोखिम बढ्ने भन्दै सरकारले सीमा नाकामा कडाइ गर्ने तयारी गरेको हो । यस्तै सरकारले भीडभाड बढी हुने सरकारी कार्यालय कार्तिक १ गतेबाट ब’न्द गर्ने तयारी गरेको छ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार १०:३३
Loading...