मंगलबार काठमाडौंका यी स्थानमा ४ घण्टा बत्ती जाने,

असोज,२७ काठमान्डौ । संघीय राजधानीका विभिन्न ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भएकोले मङ्गलबार काठमान्डौका विभिन्न स्थानमा बिहान साढे ६ देखि १० बजेसम्म बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

रत्नपार्क वितरण केन्द्रको टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशन अगाडीबाट पचली भैरव, उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडीसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी जाने बाटोसम्म बत्ती जाने भएको हो ।

त्यस्तै कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ हुँदै हनुमन्ते भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टङ्गाल, भरुङ्गखेल, क्षेत्रपाटी चोक, ढल्कोचोकसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

साथै भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी,काठमाण्डौ बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बिहान १० बजेसम्म बत्ती जाने भएको हो ।

तोकिएको समयअघि नै काम सकिए बत्ती आइहाल्ने पनि प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले केही समयअगाडी देखी राजधानीका विभिन्न स्थानमा मर्मत सम्भारको काम अगाडी बढाइरहेको छ ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ०३:१९
Loading...