एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि माइक्रोसफ्टको ग’म्भीर चेतावनी,

काठमाडौं । एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि एक ग’म्भीर चे’तावनी ,एन्ड्रोइड फोनमा एक फिरौती माग्ने भा’इरस अर्थात् रेनसमवेयर फैलिरहेको तथ्य खुलासा गर्दै माइक्रोसफ्टले फोन प्रयोगकर्ताहरुलाई सचेत बनाएको हो । उक्त भाइरस विभिन्न खाले अनधिकृत एपहरुमा लुकेर रहने हुनाले कुनै पनि साइटबाट एपहरु डाउनलोड गर्दा सावधानी अपनाउनुपर्ने तथा आधिकारिक एपस्टोर भन्दा बाहिरबाट एपहरु डाउनलोड गर्न नहुने विज्ञको सुझाव छ ।

उक्त रेनसमवेयरले स्मार्टफोनमा आक्र,मण गरेसँगै प्रयोगकर्तालाई फोनको स्क्रिन चलाउनबाट रोक्दछ र स्क्रिनलाई फ्रिज गरिदिन्छ । त्यसक्रममा स्क्रिनमा एउटा सन्देश पनि डिस्प्ले हुन्छ । उक्त सन्देशमा कानून कार्यान्वयन एजेन्सीबाट सो सन्देश रहेको भन्दै स्क्रिन अनलक गर्नका लागि पैसा तिर्नुपर्ने जानकारी गराइएको हुन्छ । यो फिरौती माग्ने भाइरसले कल नोटिफिकेसनको फाइदा उठाउँदछ ।

जब स्मार्टफोनमा कल आउँदछ तब भा’इरस सक्रिय हुन्छ । साथै जब प्रयोगकर्ताले होम बटन वा रिसेन्ट एप बटन थिच्दछ तब भाइरसले सोही मेसेजसँगै स्क्रिन लक गरिदिन्छ । यो फिरौती भाइरसले प्रयोगकर्ताका स्मार्टफोनका डाटा चोर्छ वा चोर्दैन भन्ने बारेमा कुनैपनि जानकारी छैन । तथापि यसले स्मार्टफोनमा आक्रमण गरी फिरौति नतिरेसम्म स्मार्टफोनलाई लगभग निकम्मा बनाइदिन्छ ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार ०५:४७
Loading...