कपाल झर्ने स’मस्याबाट छुटकारा पाउन, यि घरेलु उपाय अपनाउनुहोस ।

काठमाण्डौ । आजको समयमा धेरैजसो मानिसहरु स्वास्थ्यसँग सम्बन्धित केहि न केहि स’मस्याहरूको सामना गरिरहेका छन् । त्यसमा कपाल झर्नु पनि अहिलेको मुख्य स’मस्याको रुपमा देखिएको छ ।

कपाल झर्नुको मुख्य कारण शरीरमा भिटामिन र प्रोटीनको अभाव साथै धेरै तनाव, धुम्रपान, हार्मोनल असन्तुलन, वंशाणुगत कारण आदि हुन सक्छ । यसबाट बच्नका लागि बजारमा धेरै प्रकारका औषधीहरू उपलब्ध छन् । तर केहि घरेलु उपचारहरू पनि छन् जसको सहायताले हामी कपाल झर्नबाट रोक्न सक्दछौं ।

प्याजको रस,

कपाल झर्नबाट रोक्नको लागि प्याजको रस सबैभन्दा प्रभावकारी हुन्छ । प्याजको रसमा सल्फरको मात्रा धेरै हुन्छ । जसको कारण कपालको छिद्रहरुमा रगत प्रवाह अधिक हुन गइ कपाल झर्न कम हुन जान्छ । त्यसैगरी प्याजको रसमा एन्टिब्याक्टेरियल गुण हुन्छ जसले टाउकोलाई कुनै पनि प्रकारको सं’क्रमणबाट बचाउँछ।

तेल मसाज,

टाउकोमा तेलले मसाज गरेर पनि कपाललाई उचित पोषण दिन सकिन्छ । हप्तामा ३ देखि ४ दिनसम्म तेलले मसाज गर्दा कपालको जराको आयु लामो हुन जान्छ । यसको लागि सर्स्युं र बदामको तेल बढी प्रभावकारी हुन्छ ।

मेथी,

मेथीले पनि कपाल झर्नबाट रोक्नको लागि महत्वपूर्ण भूमिका खेल्दछ । मेथीमा एन्टिसिडेन्ट हर्मोनहरू पाइन्छ । जसको सहायताले कपालको जराबाट फेरि नयाँ कपाल उम्रन मद्दत गर्दछ। साथै मेथीमा पाइने प्रोटीन र निकोटिनिक एसिडले पनि कपाललाइ तिब्र रुपमा बढ्नको लागि सहयोग गर्दछ ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार १०:२०
Loading...