चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । चाडपर्व नजिकिंदै गर्दा आ’पराधिक घ’टना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने भएका हुन् ।
सञ्चार केन्द्र नेपालले यहाँ आयोजना गरेको दशै बजार र सुशासन विषयक अन्तरक्रियामा कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाँडै नै सुरक्षा योजना कार्यान्वयनमा ल्याउने जानकारी दिए ।
दशैमा आ’पराधिक घ’टना बढी हुने सम्भावना भएकाले सरकारले विशेष सुरक्षा योजना लागू गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दशैमा सर्वसाधारणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्दै बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइने बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिलेदेखि नै बजार अनुगमन गर्नका लागि चार टोली पठाइसकेको बताउँदै का’लोबजारी गर्नेलाई कडाभन्दा कडा का’रवाही गर्ने गरी कानून बनाउन थालिएको जानकारी दिए ।
प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ०९:१८