ब,ला,त्कारीलाई गो,ली ठो,क्ने कानुन बनाऔं : मुख्यमन्त्री राउत

२३ असोज । अहिले देशैभरि ब’लत्कारका घटना बढेका छन् । कैयौं ठाउँमा ब’लात्कारीलाई गाउँमै पञ्चायतीको माध्यमले उन्मुक्ति दिने गरिएको छ । कतै प्रहरीले समातेर मुद्दा चलाए पनि अदालतबाट रिहा हुने गरेका छन् । यसरी ब’लात्कारका घटना बढेपछि अपराधीलाई मृ’त्युदण्ड दिनुपर्छ भन्ने माग हुन थालेको छ ।

ब’लात्कारीलाई मृ’त्युदण्ड दिनुपर्छ भन्ने बहस भइरहेकै बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि त्यो बहसमा समर्थन जनाएका छन् । उनी संविधान संशोधन गरेर बला’त्कारीलाई मृ’त्युदण्ड दिने कानुन बनाउनुपर्ने बताउँछन् ।

राउत भन्छन्, ‘मानवमा पाशविक प्रवृत्ति अत्यधिक बढेको छ । यसबारे बेलैमा नसोचिए हाम्रा छोरीचेलीहरु अझै ब’लात्कृत हुन सक्ने अवस्था आउन लागेको छ । यसबारे ग’म्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।

कडा किसिमको सजायँ भएमात्रै ब’लात्कारका घटना कम हुने बताउँदै मुख्यमन्त्री राउतले भने, ‘म त भन्छु, ब,लात्कारी वा ब’लात्कारपछि ह,त्या गर्नेलाई मा,र्नैपर्छ । अन्यथा, बलात्कारका घटना भइरहन्छन् ।

’ब,लात्कार गर्नेलाई आजीवन कैद गरेर मात्र नहुने र मृ,त्युदण्ड नै दिनुपर्नेमा जोड दिँदै उनले अगाडि भने, ‘यस्ता अपराधीलाई त साँच्चिकै सार्वजनिक ठाउँमा गो,ली ठोक्नुपर्छ । संविधान संशोधन गरेर यो व्यवस्था ल्याउनु अति जरुरी छ ।’

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०८:३२
Loading...