ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ। आज प्रतितोला ९ सय रुपैयाँले बढेर सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको छ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भएको थियो।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०६:०१
Loading...