दसैँका लागि उपत्यका छाडेर घर नजान सरकारको अपिल,

काेराेना भाइरसकाे कारण याे वर्ष दशैमा मानिसहरु घर जान नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे ईन्सिडेन्ट कमाण्ड सिस्टमले यस वर्ष यथा स्थानमा बसेर दशैं मनाउनुपर्ने बताएसँगै घर जान नपाइने भएकाे हाे।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकालकाे संयाेजकत्वमा बसेकाे बैठकले आफु जहाँ छाैं त्यही बसेर दशैं मनाउने र त्यही अनुसार व्यवस्था गर्ने निर्णय गरेकाे हाे । मन्त्री ढकालका अनुसार अब याे दशैंमा नागरिकले घर जान नपाउने भएका हुन् ।

ढकालले पनि आफु बसेकै ठाउँमा बसेर दशैं मनाउन आग्रह गरेका हुन् । विश्व महामारीका रुपमा फैलिएको को’रोना भाइरसको सं’क्रमण फैलिँदै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । तर सरकारको यो निर्णय भने व्यवहारिक नभएको गुनासो आम मानिसहरुले गर्न थालेका छन् ।

सरकारले आग्रह गरेतापनि काठमाडौं छाड्नेको भिड बढेको राजमार्गमा गुड्ने सवारी चापले नै पुष्टि हुन्छ । सरकारले लामो दूरीका सवारी साधनमा दोब्बर भाडा लिन पाउने बताएपछि अहिले हवाइ मार्ग हुँदै काठमाडौं बाहिरिने यात्रुहरुको संख्या बढीरहेको नेपाल वायूसेवा संचालक सङ्घले बताएको छ ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०२:४९
Loading...