यसपालि दशैंमा कर्मचारीले बिदा नपाउने !

काठमाडौं । यसपालि दसैंमा प्रहरी कर्मचारीले बिदा नपाउने भएका छन् । को’रोना भा’इरस विरुद्धको अभियान र शान्ति सुरक्षामा परिचालन हुनुपर्ने भएकाले प्रहरीले दसैं बिदा नपाउने भएका हुन् ।

तर सुत्केरी, किरीया लगायत अत्यावश्यक बिदा भने पाउनेछन् । पछिल्लो समय को’रोना भा’इरसको जोखिमसमेत बढेको र विगतको तुलनामा सक्रियता समेत बढाउनुपर्ने भएपछि अत्यावश्यक बाहेक बिदामा रोक लगाइएको छ ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार १०:२२
Loading...