आजबाट सन् २०२२ को डिभीका लागि आवेदन खुल्ला, नि:शुल्क आवेदन दिने तरिका हेर्नुहोस ।

काठमाडौँ । सन् २०२२ को लागि आजबाट डीभी खुला भयको छ । नेपाली समय अनुसार डिभी भिसाको आवेदन आज राति ९:४५ बाट खुला भएको हो ।

अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ, भने डी.भी आवेदन कार्यक्रममा सहभागी हुनका लागि शुल्क नलाग्ने जनाएको छ ।

अमेरिकि दुतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ आवदेन दिन चाहानेले www.dvlottery.state.gov मा गएर आवेदन फारम भर्न सक्नेछन् ।

फारम भर्दा पति/पत्नी को विवरण सँगै २१ वर्ष पुरा नभएका अविवाहित सन्तानको विवरण समेत खुलाउनुपर्नेछ । डीभी को अन्तिम म्याद कार्तिक २५ गते नेपालको स्थानीय समयानुसार रातको १०:४५ बजेबाट बन्द हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार १६:५५
Loading...