फेसबुकले कुनै ष,ड्यन्त्रलाई प्रतिनिधित्व गर्ने पोष्ट सार्वजनिक गर्नेलाई प्रतिब’न्ध लगाउने,

फेसबुकले कुनै षड्यन्त्रलाई प्रतिनिधित्व गर्ने पोष्ट सार्वजनिक गर्ने पेज, समूह र इन्स्टाग्राम खाताहरू प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

तीन वर्षअघि सुरू भएको ‘क्युएनन षड्यन्त्र सिद्धान्त’को आधारमा फेसबुकले यो कदम उठाएको हो। क्युएनन यस्तो षडयन्त्र सिद्धान्त हो जसलाई अमेरिकाका विशिष्ट राजनीतिज्ञ र ए–लिस्टका सेलीब्रेटीहरूले बाल यौन दुर्व्यवहारमा संलग्न रहेको आरोप लगाएका छन्।

सिएनएनका अनुसार यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनलाई कमजोर देखाउने प्रयासमा तल्लिन छ। तीन बर्षमा क्युएननका अनुयायीहरूले थुप्रै विरोधाभाषपूर्ण सिद्धान्तहरू पनि विकास गरे।

गत वर्ष एक संघीय अनुसन्धान ब्युरो, एफबिआइका अफिसरले ‘क्युए’ सिद्धान्त पछ्याउने अनुयायीहरू आन्तरिक आतंकवाद हुनसक्ने चेतावनी दिएका थिए।

सिएनएनका अनुसार अगस्टमै फेसबुकले क्युएनन षड्यन्त्र सिद्धान्तलाई बढावा दिने त्यस्ता केही फेसबुक र इन्स्टाग्राम खाताहरू बन्द गरेका थिए।

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार १५:०९
Loading...