सक्रिय संक्र’मितको संख्या २५ हजार नाघ्यो, फेरी लकडाउन ?

काठमाडौं । गयको २४ घण्टामा मात्रै नेपालमा ३ हजार ४ सय ३९ जनामा को’रोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म को’रोना संक्र’मितको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ।

को’रोना भा’इरसका सक्रिय स’ङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने सम्भावना बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ । सक्रिय सङ्क्रमित २५ हजार नाघेपछि नेपालको स्वास्थ्य क्षेत्रले धान्न नसक्ने हुँदा लकडाउन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका थिए ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन गर्नसक्ने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार १३:३१
Loading...