गुर्जोको सेवन गर्नु भएको छ ? बाहिरियो यस्तो डरलाग्दो तथ्य जुन धेरैलाई थाहा छैन,

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । यसले अमृत समान काम गर्दछ भनिन्छ । यसको प्रयोग गर्दा मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफाईदा गर्छ । कस्ता मानिसले सेवन गर्दा ध्यान दिनुपर्छ । गुर्जो सेवन गर्ने विधि यसप्रकार छन ।

१. ताजा गुर्जोको लहरा १० देखि २० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।

२. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।

३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत‌ जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।

४. हप्तामा १,२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ । ५. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ । ६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने । ७. ताजा गुर्जोको सेवनले कम्तीमा ३,४ महिना भित्र शरीरमा अद्‌भुत परिवर्तन ल्यउँदछ ।

गुर्जोको सेबन गर्नुका फाईदाहरु यसप्रकार छन,
१. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ । २. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ । ३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात, खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।

४. किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या÷रोग हरुमा धेरै लाभ पुऱ्याउँदछ ।
५. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।६. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।

७. रक्तविकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रगतको कमी हुन दिदैन् । ८. अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ । ९. टिबी (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

१० गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ । ११ उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ । १२ गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।

गुर्जोको सेबन गर्दा ध्यान दिनुपर्ने कुराहरु यसप्रकार छन,
१. चिसो लागेको र संवेदनसिल तथा कमजोर (जीर्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ।२. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।३. गर्भवती, दुधपान गराइरहेका आमा, ५ बर्ष मुनिका बच्चा, पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १४:४७
Loading...