बैंकमा पैसा निकाल्न जाँदै हुनुहुन्छ ? सावधान,

काठमाडौँ । दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगे पछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति विशेष चनाखो हुनुपर्ने देखिएको छ ।

खिचापोखरीस्थित सनराइज बैङ्कबाट झिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट भेटिएपछि, अनावश्यक तनाव बेहोरेका न्युरोडका एक ‘क्यारिङ’ व्यवसायी बैङ्कका कर्मचारीको विश्वासमा पर्दा स,मस्या आएको बताउँछन् ।

बिटोमा बैङ्कको स्टिकर र छाप हानिएकाले शङ्का गर्नुपर्ने अवस्था थिएनन् । कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बङ्गलादेश बैङ्कमा जम्मा गरेको दुई दिनपछि बैङ्कका कर्मचारीले फोन गरी ‘नक्कली नोट मिसाउने’ भन्दै हप्काएका थिए।

बैङ्कका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिनअघि आफू यस्तो स,मस्यामा परेको गुनासो ती व्यापारीले गरे नियमित आर्थिक कारोबारका क्रममा विभिन्न बैङ्कबाट नक्कली नोट फेला पर्ने यो एउटा नमुना घटना मात्र हो ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट नोट चिन्ने सजिलो र सरल उपाय रहेको बताउनुहुन्छ नगद गणना गर्दा नक्कली नोट छामेरै चिन्न सकिन्छ । उनका अनुसार शङ्का लागेमा एक थोपा पानी राख्ने बित्तिकै नक्कली नोट गल्छ। यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १०:४०
Loading...