फेरी बढ्यो सुनको मुल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार,

काठमाडौं । सोमबार घटेको सुनको मुल्य मंगलबार पुनः बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ । यस्तै, आजका लागि तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य रु. १२०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०९:१२
Loading...