दशैंमा घर जाने व्यक्तिहरु अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने,

काठमान्डौ । तनहुँमा दशैँका लागी घर जाने व्यक्तिहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नपर्ने भएको छ । सोमबार बसेको को’भिड–१९ जिल्ला सं’कट व्यवस्थापन केन्द्र तनहुँको बैठकले यस्तो निर्णय गरेको हो ।

चाडपर्वमा धेरै व्यक्तिहरु देश तथा विदेशबाट जिल्ला फर्किने भएकोले जोखिम बढ्ने हुंदा तनहुँमा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।

त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्यांक राख्ने साथै स्थानीय स्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

साथै आइसोलेसनमा रहेका सं’क्रमितहरुको कोरोना भाइरस नेगेटिभ नआउँदै कारणबस बहिर्गमन गर्नु परेमा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको आचार्यले जानकारी दिए ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार १८:२५
Loading...