ला लिगामा बार्सिलोना बराबरीमा रोकियो,

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना र सेभियाबीचको खेल १,१ गोलको बराबरीमा रोकिएको हो ।

सेभियाका लुक डी जोंगले खेलको आठौ मिनेटमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिएको भएपनि त्यसको दुई मिनेटपछि नै बार्सिलोनाका लागि फिलिप कोटीन्होले गोल फर्काउदै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि बार्सिलोना र सेभिया दुवैको ला लिगामा तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक भएको छ । बार्सिलोनाले अब अर्को खेल अक्टोबर १८ मा गेटाफेविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०२:५९
Loading...