काठमाडौं, वैशाख ८
चर्चित फिल्म ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कमेडीलाई मुख्य केन्द्रमा राखिएको छ । जसमा मुख्य कलाकारको विदेश मोहलाई देखाइएको छ ।
सार्वजनिक ट्रेलरमा हरिवंश आचार्य, निरूता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतलाई पनि देख्न सकिन्छ ।
फिल्म वैशाख २० गतेबाट प्रदर्शनमा आउनेछ । किरण केसी प्रस्तुतकर्ता रहेको फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । कथासँगै पटकथा तथा संवाद पनि उनकै हो । सुदन केसी सिनेमाका निर्देशक हुन् । उनको यो डेब्यू निर्देशन हो।
भिडियो हेर्नुहोस् :
प्रकाशित मिति ८ बैशाख २०७६, आईतवार १२:०८
Loading...