अनसनरत डा.केसीको स्वास्थ्य अवस्था ज,टिल बन्दै,

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था ज,टिल बन्दै गएको छ । डा. केसीका सहयोगी डाक्टर तोसिमा कार्कीले आइतबारदेखि डा. केसीलाई श्वासप्रश्वासमा स,मस्या देखिएको छाती दुख्ने समस्या देखिन थालेको बताइन् ।

उनले डा. केसीलाई कृतिम अक्सिजन दिन सुरु गरिएको पनि बताइन् । डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र आइसीयु सपोटमा राख्नुपर्ने अवस्था रहेको डा.कार्कीले बताइन् । ‘डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ, उहाँलाई स्वास फेर्न गाह्रो भएको छ,’ डा.कार्कीले भनिन्, ‘ डा.केसीले केही समयदेखि नियमित खाइरहनु भएको मुटुको स,मस्याको औषधि पनि खानु भएको छैन ।

उहाँको अवस्था आइसीयुमा राख्नुपर्ने बिरामीको जस्तो भएको छ ।’ स्वास्थ्य अवस्था विग्रदै गएपनि औषधि उपचार गर्न नमानेको उनले बताइन् । काठमाडौँ उपयत्यकामा को,रोना सं,क्रमण बढ्दै गएको र डा.केसीको रोगप्रतिरोधात्मक क्षमता घट्दै गएकाले उनलाई भेट्न नि,षेध गरिएको पनि डा.कार्कीले बताइन् ।

डा.केसीको जीवनरक्षाको कामना गर्न सन्देश बुक बाहिरै राखिएको उनले बताइन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २१ दिनदेखि अनसनरत केसीका माग सुनुवाइको कुनै पहल नभएको उनीहरुले बताएका छन् । डा.केसीको माग सम्बोधनका लागि सरकारलाई दबाव दिन त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमै धर्ना दिन शुरु गरेका छन् ।

डा.केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरु गर्नुपर्ने माग राखेका छन् ।

यस्तै प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग पनि राखेका छन् । डा. केसीले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र नि,षेधाज्ञा अ,न्त्य गर्नुपर्ने, को,भिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार १०:२४
Loading...