फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो हेर्नुहोस ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सयमा कारोबार भएको आज तोलामा २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०७:०९
Loading...