प्रधानमन्त्रीका तीन सल्लाहकारलाई को’रोना सं’क्रमण पोजेटिभ देखियो,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिका ३ वटै सल्लाहकारमा को’रोना सं’क्रमण पोजेटिभ देखिएको छ। प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई सं’क्रमण पुष्टि भएको छ। यस्तै, स्वकीय सचिव इन्द्र भण्डारीमा पनि को’रोना सं’क्रमण देखिएको हो।

उनीहरु सबैले सामाजिक सञ्जाल मार्फत स्वाब संकलन गरि गरिएको परीक्षणमा आफूलाई को’रोना पुष्टि भएको बताएका छन्। उनीहरुले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन्।

शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो। बालुवाटारमा खटिएका केही सुरक्षाकर्मीमा समेत को’रोना सं’क्रमण देखिएको बताइएको छ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १५:१२
Loading...