रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा यसरी राखियो गजुर,

काठमाडौँ । २०७२ सालको भूकम्पबाट क्षति पुगेपछि पूर्ननिर्माण गरिएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । विशेष पूजा गरी मल्लकालिन शैलीमा निर्माण भएको मन्दिरमा बिहीबार गजुर हालिएको हो । १२३ किलोको गजुरमा ३२.७३ तोला सुनको जलप लगाईएको छ ।

रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर भूकम्पबाट पुर्णरुपमा क्ष’तिग्र’स्त भएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।

गजुर राखिएसँगै रानीपोखरी पुनर्निमाणको काम करिब करिब सकिएको र रंगरोगनको केही काम बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं रानीपोखरी पूर्ननिर्माण आयोजनाका प्रमुख भरत अर्यालले जानकारी दिए । मल्लकालमा बनेको मन्दिर भने ग्रन्थकुट शैलीमा निर्माण भएको थियो ।

पछि राणाकालमा रानीपोखरीको मध्य भागमा रहेको मन्दिरको स्वरुप परिवर्तन गरी गुम्बज शैलीको बनाइएको थियो। २०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०९:५२
Loading...