टिकटक प्र’तिबन्ध लगाउने आदेशमाथि अदालतको रोक,

एजेन्सी । चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्र’तिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमाथि अमेरिकाको अदालतले रोक लगाएको छ । वासिङ्टनस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीशकार्ल निकोल्सले टिकटकमाथि प्र’तिबन्ध लगाउने आदेशको कार्यान्वयनमाथि तत्कालका लागि रोक लगाएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशअनुसार स्थानीय समयअनुसारआइतबार राति ११ बजेर ५९ मिनेटदेखि अमेरिकामा टिकटकमाथि प्र’तिबन्ध लाग्दै थियो । न्यायाधीश निकोल्सले टिकटकको सञ्चालक कम्पनी बाइटाडान्सको अनुरोधमा तत्कालका लागि प्र’तिबन्ध नलगाउन फैसला सुनाएका हुन् ।

आइतबार मुद्दाको सुनुवाइका क्रममा बाइटडान्सका वकिलले प्र’तिबन्धको औचित्य नभएको बताएका थिए । टिकटकको अपनत्वका विषयमा कुराकानी चलिरहेकाले आइतबार रातिदेखि प्र’तिबन्ध लगाउने निर्णयको औचित्य नभएको दलिल उनले पेस गरेका थिए ।

अब अदालतको अर्को आदेश नआउँदासम्मका लागि अमेरिकामा टिकटक प्रयोग गर्न पाइने भएको छ । विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका छन् । यसअघि भारतले पनि टिकटकमाथि प्र’तिबन्ध लगाएको थियो ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०९:५३
Loading...