अक्टोबर १ देखि कतारबाट नेपालका लागि दैनिक ३ उडान हुने,

काठमान्डौ, कोभिड – १९ का कारण लामो समयदेखि चार्टड उडानमा मात्र सिमित कतार काठमाडौ उडान अब नियमितमा परिणत हुने भयको छ । आउने अक्टोबर १ देखि कतारबाट नेपालका लागि दैनिक तीन वटा उडान हुने टुंगो लागेको छ । जसमा कतार एअरवेज, नेपाल एयरलाइन्स र हिमालयनले दैनिक एक एक वटा उडान भर्नेछन ।

यश विषयमा कतारस्थित नेपाली दुताबासले पनि सूचना जारी गर्दै नियमित उडान हुने पुष्ठि गरिसकेको छ । तर नेपाल फर्कनको लागि केही प्रक्रिया भने पूरा गर्नुपर्नेछ । नेपाल फर्किनको लागि आबस्यक प्रक्रियाहरु यसप्रकार छन ।

१) नेपाल सरकारको निर्णयअनुसार पिसिआर परिक्षण गरि ७२ घण्टा भित्र कोभिड-१९ नेगेटिभ सक्कल प्रमाण साथमा राख्नु पर्नेछ।

२) पिसिआर परिक्षण गर्नका लागि कतारका सरकारी केन्द्र वा कतार सरकारबाट अनुमती प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ।

३) टिकटको लागि सम्बन्धित एयरलाईन्सको ट्राभल एजेन्सिमा सम्पर्क राख्न सकिनेछ।

४) हवाई उडानको लागि टिकट लिई सकेका यात्रुहरुले ब्यक्तिगत बिबरण फारम अनिवार्य रुपमा अनलाइन भरी सो को बारकोडको पृन्टेड कपि वा स्कृनसट पनि साथमा लिएर मात्र यत्रा गर्नुपर्नेछ।

५) अक्टोबर १ देखि हुने उडानको लागि दूतावासको फारम भर्नु पर्दिन।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०४:५०
Loading...