रोनाल्डोको दुई गोलले युभेन्ट्स हारबाट जोगियो,

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा साविकको विजेता युभेन्ट्स हारबाट जोगिएको छ । १० खेलाडीमा समेटिएको युभेन्ट्सले रोमासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्ट्सले खेलमा दुई पटक पछि परेको अवस्थामा खेललाई बराबरीमा रोक्न सफल भएको हो ।

युभेन्ट्सका रोनाल्डोले दुवै गोल गर्दा रोमाका जोर्डन भेरेटआउटले दुवै गोल गरेका थिए । डियो ओलम्पिको रोमा इटालीमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलको १२औं मिनेटमा रोमाका हेनरिक मिखटरयानको प्रहारलाई युभेन्ट्सका गोलरक्षक वजसिएच सेचेज्नीले बचाउँदै गोल टारेका थिए ।

३१औं मिनेटमा घरेलु टोलीले पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिएको थियो । एड्रिन राविओटले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भेरेटआउटले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा युभेन्ट्ले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा रोनाल्डोको गरेको प्रहारलाई रोमाका लारेन्जो पेलेग्रनीले ह्यान्ड गर्न पुगेका थिए ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०१:५१
Loading...