पहेंलो दांतलाइ सेतो र चम्किलो बनाउन, यी घरेलु उपाय अपनाउनुहोस्

दाँत केवल कुनै चिज चपाउन मात्र होईन सौन्दर्य बढाउने एक माध्यमको रुपमा पनि पर्न आउँछ । तपाईहरु मध्य कतिपयले दाँत दिनहुँ सफा गर्ने गरेको तर कहिल्यै सेतो नदेखिने या दाँत पहेंलो नै देखिने गरेको छ ? यदी छ भने यस्ता विधिहरु अपनाएर दाँतलाई सफा र सुन्दर राख्न सकिन्छ । हाम्रो गाउघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २,४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

चुरोटको सेबन गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ । तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ , तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।

कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने स’मस्यामा पनि हटेर जान्छ अनि स्वस्थ्यलाई पनि निकै फाईदा जनक छ । सुन्तलाको बोक्रा र तुलसीको पातलाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

खाना खाइ सकेपछि दिनहु गाजर खानाले पनि दाँतको पहोलो पन हट्छ गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ । नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ यो दिनहु नीमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ । साथै स्ट्रबेरीको सेबन दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो् यसमा पाइने मालिक एसिड ले दांत लाइ सेतो र चम्किलो बनाउछ ।

प्रकाशित मिति ९ आश्विन २०७७, शुक्रबार १८:२७
Loading...