कमला घिमिरे र राजु परियारको दोहोरी गीत सार्वजनिक, (हेर्नुहोस् भिडियो)

काठमाडौं । पछिल्लो समय सांगितिक बजारमा नेपाली लोक संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । नेपाली गीत संगीत बजारमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत आइरहेका छन् । यसै सन्दर्भमा चर्चित बाल गायिका कमला घिमिरे र चर्चित लोकदोहोरी गायक राजु परियारको आवाजमा रहेको पहिलो गित “मस्यौरी” शुक्रबार विहान ७ :४५ बजे रिलिज भएको छ ।

गितमा चर्चित सर्जक रमेश बिजीको शब्द, गितकार तथा संगितकार प्रदिप अधिकारीको लय तथा संगित रहेको छ । नेपाली संस्कृतिको वास्तविक कथा बस्तुलाई समेटेर संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गितको निमार्ण गरिएको निर्माण पक्षले जानकारी दिएको छ । गाउँको कथा बस्तुलाई गितको शब्द र भिडियो मार्फत जस्ताको तस्तै देखाउन खोजिएकाले पनि गित निकै उत्कृष्ट र सबै नेपालीले हर्न लाएक बनेको बताईएको छ ।

पछिल्लो समय निकै राम्रो म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक दिपेन्द्र तिमल्सेनाले सो गितको भिडियोमा आफ्नो निकै राम्रो कलाकौशल देखाएका छन् । उक्त गितको म्युजिक भिडियोमा बिमल अधिकारी ,चक्र वम ,जुना सुन्दास लगायत अन्य थुप्रै चर्चित मोडलहरूलाई देख्न सकिन्छ । गित प्रदिप अधिकारी युटुव च्यानल मार्फत सार्वजानिक भएको छ।

प्रकाशित मिति ९ आश्विन २०७७, शुक्रबार १७:१८
Loading...