प्याजको मुल्यमा भारी गि’रावट, हेर्नुहोस किलोको कती ?

काठमाडौं – केही समयअघि ह्वात्तै बढेको प्याजको मूल्य पछिल्लो दिनहरुमा घट्दै गइरहेको छ । भारत सरकारले निर्यातमा प्रति’बन्ध लगाएपछि बढेको प्याजको मूल्य सरकारले बजार अनुगमन गर्न थालेपछि घट्दै गएको हो । भारतले प्याज निर्यातमा प्रति’बन्ध लगाएपछि व्यापारीहरूले मनपरी प्याजको मूल्य तोक्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले अनुगमन शुरु गरेको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ २९ गते औसत थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेकोमो बढ्दै गई प्रतिकिलो १ सय १९ रुपैयाँसम्म पुगेको थियो । त्यस्तै खुद्रा व्यापारीहरूले प्रतिकिलो १ सय ६० रुपैयाँसम्म प्याज बिक्रि गरिरहेका थिए । कालीमाटी बजारमा अहिले प्याजको मूल्य घटेर प्रतिकिलो १ सय २ रुपैयाँ पुगेको छ

प्रकाशित मिति ९ आश्विन २०७७, शुक्रबार ०८:१८
Loading...