मनसुन पुन: सकृय अझै तीनदिन सम्म बर्षाको सम्भावना,

८ असोज, काठमाडौं । पश्चिमी न्यू’न चापीय प्रणालीको प्र’भावले अझै तीन दिन सम्म देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी भू- भागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न भने केही दिन लाग्ने बताइन ।

हाल देशभर सामान्यदेखि पूर्णरुपमा बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं. १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघग’र्जन र च’ट्याङ सहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं. १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिलो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ७३ मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा ८४.५, धनगढीमा १०.९, दिपायलमा ४.२ सिमरामा १०८.० र धनकुटामा १९.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै आज सबैभन्दा धेरै विराटनगरमा १२५.० मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १०:३०
Loading...