सरकारको अनुमति कुर्दै चर्चित हाँस्यश्रृंखला ‘सक्किगो नि’

काठमाडौं। सरकारले को’रोनाको कारण नि’षेधित गरेको धेरै क्षेत्र खुल्ला गरिसकेपनि मनोरन्जन क्षेत्र भने अझै खोलेको छैन । कलाकर्मी भने फिल्म मुर्हूत, म्युजिक भिडियो छायाँकन, टेलिश्रृंखला छायाँकन जस्ता गतिविधिमा धमाधम फर्किन थालेका छन् । तर, नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको चर्चित हाँस्यश्रृंखला ‘सक्किगो नि’ भने अझै प्रसारणमा आउन सकेको छैन ।

कोरोनाको कहरका कारण श्रृंखला छायाँकन गर्न नसकेर प्रसारण स्थगित भएको यो श्रृंखला कहिलेबाट आउने हो अझै अन्यौल रहेको छ । सरकारले मनोरन्जन क्षेत्र खोलेर सुटिङको अनुमति दिने बित्तिकै श्रृंखलाले निरन्तरता पाउने यसका दुई निर्देशक मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’ले बताए । अहिले को’रोनाको कहर बढ्दो छ । हाम्रो युनिट पनि ठुलो छ’ घिमिरेले भने, ‘सरकारले सुटिङ लगायतका भि’डभाड हुने गतिबिधि अझै नखेलेको कारण नयाँ श्रृंखला बनाउन सकिएन ।

हरेक साता काभ्रेमा श्रृंखलाको सुटिङका गर्दै आएको यो युनिटले अहिलेको अवस्थामा पुरै सुटिङ युनिट सहित काभ्रे जाँदा स्थानीयको स्वास्थ्य माथि खेलबाड हुने देखेर पनि सुटिङ नगरिएको घिमिरेको भनाइ रहेको छ । सिरियलमा अर्जुन घिमिरे ‘पाँडे’ कुमार कट्टेल ‘जिग्री’,हरि निरौला, रक्षा श्रेष्ठ, सागर लम्साल (बले ) सिपी पुडासैनी लगायतको अभिनय रहँदै आएको छ ।

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार ०८:२२
Loading...