शरीरको कुन ठाउमा भएको कोठीले के संकेत दिन्छ, जान्नुहोस

ज्योतिषशास्त्रका अनुसार हाम्रो शरीरको जुन भागमा रातो कोठी हुन्छ त्यो शुभ फलदायक मानिन्छ । तर कालो कोठीले भने अवस्था अनुसार शुभ तथा अ’शुभ दुबै फल दिने गर्दछ । घाटि आसपासमा पलाउने मासुको पनि कोठी झै महत्व हुने गर्दछ ।

शरीरको कुन अंगमा आउने कोठीको के कस्ताे फाइदा ?

छातीको बायाँतर्फ: जुन मानिसको छातिको बायाँतर्फ कोठी वा मुसा पलाएको हुन्छ ति ब्यक्तिको विवाह अधिक उमेरको नहुन्जेल हुदैन । यस्ता ब्यक्ति कामुक तथा मुटुरो’गका बिरामी हुने संभावना हुन्छ ।

तल्लो ओठमा कोठी: जुन ब्यक्तिको तल्लो ओठमा कोठी हुन्छ ति ब्यक्ति खानपानका सौखिन हुने गर्दछन् । यस्ता ब्यक्ति आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न सक्दछन् ।

हत्केलामा कोठी: हस्तरेखा ज्योतिष अनुसार हत्केलामा कोठी हुनेहरु जीवनमा अपार सफलता प्राप्त गर्ने सार्मथ्य राख्दछन् । यिनिहरु आत्मविश्वासी हुन्छन् ।

निधारको मध्य भागमा कोठी: हस्तरेखा ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारको मध्य भागमा कोठी हुन्छ ति निकै भाग्यमानी हुन्छन्। हरेक क्षेत्रमा यि ब्यक्तिलाई सफलता प्राप्त हुन्छ ।

औलामा हुने कोठी: हस्तरेखा ज्योतिषका अनुसार औलामा कोठी हुने ब्यक्ति विवादास्पद हुने गर्दछन् । यस्ता व्यक्तिले जती नै राम्रो काम गरे पनि जस कहिल्यै प्राप्त हुदैन ।

पेटमा कोठी: जुन ब्यक्तिको पेटमा कोठी हुन्छ ति व्यक्ति भोजनलाई प्रिय मान्दछन् । यदि नाइटोको बायाँ तर्फ कोठी भएमा ति ब्यक्तिमा पेटको रोग हुने संभावना हुन्छ । तर नाइटोको मुनी कोठी भएमा यौन रोगको संभावना रहन्छ ।

ओठमा कोठी: जुन स्त्री वा पुरुषको ओठ माथि दायाँतर्फ कोठी छ ति ब्यक्तिको जीवनसाथी संगको संम्बन्ध प्रेमपूर्ण हुन्छ । तर यसको विपरीत बायाँ ओठमा कोठी भएमा जीवनसाथीसंग मतभेद हुने गर्दछ ।

टाउकोमा कोठी: जुन ब्यक्तिको टाउकोमा दायाँ वा बायाँ कोठी छ ति ब्यक्ति अत्यन्त धनी हुनेछन् । तर टाउको मध्य भागमा कोठी हुनेहरुले भने धन कमाए पनि भोग विलासका सुखमा खर्च गर्दछन् ।

घाटिमा कोठी: जुन मानिसको घाटिमा कोठी हुन्छ त्यस्ता ब्यक्ति आवाज राम्रो हुने गर्दछ । साथै यस्ता व्यक्ति आफ्नो आवाजका कारण कमाउने र व्यावसायिक सफलता प्राप्त गर्ने हुन्छ ।

प्रकाशित मिति ६ आश्विन २०७७, मंगलवार १६:४३
Loading...